News Portal

  • श्रमिक दिवसमा गृहमन्त्रीको गृहनगरमा श्रमबिरुद्ध यस्तो अपराध : घायलले भने ओखती देउ मर्ने !

    इभक्तपुर संवाददाताचितवन, १८ बैशाख
    ६४७ पटक
    चितवन, १८ बैशाख

    विश्वभर श्रमिक दिवस मनाइरहदा गृहमन्त्री रामबहादुर थापा बादलको गृहनगरमा भने एक किसानको केराबारीमा केराका बोटहरु काटिएका छन ।

    कालिका नगरपालिका – ६ स्थित एक केराबारीमा करिब ३ हजार ५ सय केराका बोटहरु काटिएका हुन् ।

    अज्ञात व्यक्तिहरुले केराको बोट काटेको स्थानियले बताएका छन । केराको घरिसहितका बोटहरु काटिदा मानिसहरुको मन कुँडिएको छ ।

    स्थानीय प्रहरीले रिसइबीका कारण कसैले यस्तो अपराध गरेको हुनसक्ने भन्दै अनुसन्धान तीब्र बनाएको बताएको छ ।

    सामाजिक संजालमा सरकारप्रति आक्रोस पोख्दै स्थानीय बुद्धिजिवी राजेन्द्र घायलले लेखेका छन् :

    काम गरेर खान्छु भन्दा नि अनेक झमेला आइपर्ने
    पापीले लखेट्छन सोझालाई विदेश नगएर के गर्ने ?
    गरेर खान्छु भन्नेलाई काम गर्ने बातावरण  दिलाऊ
    जनतालाई नतड्पाउ सरकार, कि ओखती देउ मर्ने !

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...