News Portal

  • ३३ किलो सुन तस्करीमा एसएसपी लोहनी पनि तानिए

    इभक्तपुर संवाददाताभक्तपुर, १९ बैशाख
    ७५२ पटक
    भक्तपुर, १९ बैशाख

    ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटना सम्बन्धमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनीमाथि पनि अनुसन्धान सुरु गरिएको छ ।

    लोहनीलाई काठमाडौंँबाट जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित गराएर मङ्गलबार बयान लिइएको हो । त्रिभुवन विमानस्थल हुँदै तस्करहरूले विदेशबाट ल्याएको ३३ किलो सुन फागुनमा ‘गायब’ भएको थियो । सुन गायब भएपछि तस्करहरूले भरिया शाक्यको हत्या गरेका थिए । हत्याको अनुसन्धान गर्दा एसएसपी लोहनी महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख थिए ।
    लोहनीसहित महाशाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि शाक्यको हत्या ढाकछोप गरेको आरोप लगाइएको छ । सुन तस्करी, हत्या र यसमा प्रहरीको संलग्नताका विषयमा सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
    छानबिन समितिकै निर्देशनबमोजिम डीएसपी केसी र सई सञ्जेललाई पक्राउ गरी हिरासतमा राखिएको छ । समितिकै निर्देशनमा लोहनीमाथि पनि अनुसन्धान सुरु गरिएको हो । यही घटनामा पूर्वडीआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, र प्रहरी जवान विष्णु खड्कालाई पनि हिरासतमा राखिएको छ ।
    जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका प्रहरी अधिकारीसहित सुन तस्करीमा संलग्न भनिएका विमान कम्पनीका कर्मचारी, हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई कर्तव्य ज्यान तथा सङ्गठित अपराधअन्र्तगत मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...