News Portal

  • विद्यार्थीहरु विद्यालय छोडेर यार्सा पाटन तिर

    डोल्पा, १९ वैशाख
    ८०८ पटक
    डोल्पा, १९ वैशाख

    बहुमूल्य जडीबुटी यार्सागुम्बा याम शुरु भएसँगै हिमाली जिल्ला डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या घटेको छ ।नियमित कक्षा छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेको बताइन्छ ।

     

    तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यमिक वियस वर्ष जेठ १ गतेभित्रै यार्सागुम्बा पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थी यार्सागुम्बा संकलनको पूर्व तयारीमा जुट्न थालेका कारण डोल्पाका विद्यालयमा विद्यार्थी उपस्थिति न्यून बनेको हो ।

    द्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरुङका अनुसार धेरैजसो विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर लागिसकेका छन् । एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु अहिले विद्यार्थी नहुँदा पातलिँदै गएका छन् ।त्यस्तै, मध्यडोल्पाका धेरैजसो आधारभूत र माध्यमिक विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमी आएको छ ।

    त्रिपुराकोट माध्यमिक विद्यालय मद्धुका आधारभूत र माध्यमिक तहका कक्षाहरुमा पनि १० प्रतिशत जति विद्यार्थी घटेको विद्यालयले जनाएको छ ।विद्यार्थी संख्या घट्दै गए पनि पठनपाठन सञ्चालन भइरहेको शिक्षक शोभाकान्त पौडेलले जानकारी दिए ।

    विद्यार्थी नियमित आए शिक्षकहरु पढाउनका लागि तयार रहेको समेत उनले बताए ।तर सरस्वती मावि दुनै र आदर्शमा मावि जुफालमा भने विद्यार्थीको संख्यामा कमी आएको छैन ।

    सरस्वती मावि दुनैमा पनि पहिलो त्रैमासिक परीक्षाको तयारी भइरहेकाले विद्यार्थी संख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिए।

    जेठ १ गतेदेखि यार्सागुम्बा पाटनहरु खुला गर्ने भए पनि जेठ २ गतेदेखि पहिलो त्रैमासिक परीक्षा राखिएकाले पनि अहिले नै विद्यार्थीको उपस्थितिमा कमी नआइसकेको आदर्श मावि जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीेले जानकारी दिए ।जेठ पहिलोसातादेखि भने सबै विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छ ।

    यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीले वर्षभरिको पढाइ खर्च जुटाउने गर्छन् ।
    विगतका वर्षहरुमा जेठको दोस्रो सातादेखि खुला गरिँदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेदेखि नै खुला गरिने भएका छन् ।

    बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न यतिखेर डोल्पाली विद्यार्थीमात्र होइन छिमेकी जिल्ला जाजरकोट, जुम्ला, सुर्खेत, दैलेख, बाँके र रामेछाप जिल्लाबाट समेत डोल्पाका पाटनहरुमा जानका लागि आउने क्रम शुरु भएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...