News Portal

  • गोदावरी नगरपालिकाकी उप प्रमुख श्रीमानबाट कुटिइन्

    ललितपुर, बैशाख १९
    ७३३ पटक
    ललितपुर, बैशाख १९

    ललितपुरको गोदावरी नगरपालिका की उप मेयर मुना अधिकारी श्रीमानको कुटपिटबाट घाइते भएकी छन् ।न्यायिक समितिको संयोजक समेत रहेकी  उप मेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनी माथि कुटपिट गरेका हुन् ।

    मंगलबार साँझ श्रीमानको कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान् बिरुद्द ठाडो उजुरी दिएकी छन् । र, श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस विषयमा ललितपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दसँग जिज्ञासा राख्दा उनले घरायसी विवाद भएको भन्दै अहिले छलफल भइरहेको बताए ।

    श्रीमान बिरुद्द उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...