News Portal

  • सवारी साधनको इजाजत रद्द गर्ने सरकारको तयारी

    १६९० पटक

    काठमाडौँ। सरकारले रुट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले रुट परमिट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने तयारी गरेको हो ।

    विभागका निर्देशक तुल्सीराम अर्यालले विभिन्न स्थानमा अनुगमन भईरहेको भन्दै लागत संकलन पछि संचालन नभएका सवारी साधनको रुट परमिट खारेज गरिने बताए ।

    विभागले रुट परमिट खारेज गरेपछि सरकारले ती सवारी साधनलाई नियन्त्रणमा लिई आफै संचालन गर्ने तयारी गरेको छ । शुक्रबार मुलुकभर २४ वटा कम्पनीको ७ सय १७ वटा बस संचालनमा छन् । केही विद्यालयका सवारी साधनलाई पनि सार्वजनिक यातायातको रुपमा संचालनमा ल्याईएको छ ।

    विभागले व्यवसायीले सवारी साधन संञ्चालनमा अवरोध पुर्याएमा निजी कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालय लगायतका सवारी साधनलाई सार्वजनिक यातायात सेवाको रुपमा संचालनमा ल्याउने तयारी गरेको छ ।

    सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा शुक्रबार मुलुकभर सार्वजनिक यातायात सेवा बन्द आव्हान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...