News Portal

  • डाेल्पामा प्रतिपक्षकाे बलियाे भुमिकामा काङ्ग्रेस,स्थानीय सरकार प्रमुखलाई बुझायाे ज्ञापन पत्र

    रामचन्द्र न्यौपाने ,डोल्पा२५ बैशाख,
    १४३८ पटक
    २५ बैशाख,

     

    आर्थिक मसान्त नजिकीदै गर्दा त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पा काँग्रेसको छाँया सरकारले तिन दिनको अल्टिमेटम राखेर नगरले गरेका काम र बिनियोजित योजना तथा बजेट सिलिङ्गको माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

    त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतको काँग्रेसको छाँया सरकारका संयोजक मोतिप्रसाद उपाध्यायको नेतृत्वमा गएको छाँया सरकारको कार्यसमितिले  ११ बुधे बिभिन्न मागहरु राखेर ज्ञापन पत्र बुझाएको हो ।

    नगर छाँया सरकारका संयोजक मोतिप्रसाद उपाध्यायले नगरपालिकाका प्रमुख मेयर ओमबहादुर बुढालाई ११ बुधे माग सहितको बुझाएको ज्ञापन पत्रमा नगर स्थापना देखिको बजेट तथा कार्यक्रमको सिलिङ्ग,नगरका ११ ओटै वार्डमा बाडफाँड गरिएका योजना बिनियोजित बजेट,बिभिन्न समयमा नगरले खरिद गरेको कार्यालयीय सामान तथा बिकास कार्यको नाममा खरिद गरिद गरिएका औजार तथा उपकरणको बिलभरपाई,अंगुर,स्याउ लगायतका बिरुवा ढुवानीमा लागेको खर्चबिबरणको बील औषधी खरिदमा भएको खर्च बिबरण लगायतको बुधागत बिबरण तिन दिन भित्र छाँया सरकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।

    यसै गरि नगरपालिकाले उपलब्ध गराएको बिबरण माथि छाँया सरकारले प्राबिधिक सहितको अनुगमन तथा निरिक्षण टोली खटाएर स्थलगत अवलोकन गरि राम्रो कामको सर्मथन र नराम्रो कामको बिरोध तथा भण्डाफोर अभियान संचालन गरिने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    छाँया सरकारले दिएको ज्ञापन पत्र बुझदै नगरका मेयर ओमबहादुर बुढाले छाँया सरकारले उठाएका सवाल र माग जायज भएकोले आफुले  जतिसक्दो छिटो बिवरण उपलब्ध गराउने बताउदै प्रति पक्षको भावनालाई सम्मान तथा मागलाई सम्बोधन गरेर आफु अगाडि बढ्न तयार रहेको बताए ।

    डोल्पामा समयममा योजनाहरुको काम नगर्ने जव आर्थिक मसानत सकिनै लाग्छ बर्षात शुरु हुनछ त्यसबेला आधा काम गर्ने आधा नगरेरै बजेट झवाम पार्ने प्रबृति भएकाले अब त्यस्तो हुननदिनको लागि र सर्बसाधारणलाई स्थानीय सरकारको अनुभूति दिलाउनको लागि आफुले यो अभियानको थालनी गरिएको छाँया सरकारले जनाएको छ ।

    नेपाली काँग्रेस डोल्पाका पार्टी सचिव जयस उपाध्याय,महासमिसिदस्य गौरी शंकर उपाध्याय पुर्ब पार्टी सभापति तथा मेयरका पराजित उम्मेदवार दिलबहादुर बिष्ट र छाँया सरकारका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...