News Portal

  • बिहान ९ः१५ बजे मोदी जनकपुर आइपुग्ने : यस्तो छ उनको भ्रमण तालिका

    इभक्तपुर संवाददाताभक्तपुर, २८ बैशाख
    ७२१ पटक
    भक्तपुर, २८ बैशाख

    राजधानी काठमाडौँबाट भ्रमण आरम्भ हुने परम्परा तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट प्रसिद्ध धार्मिक नगरी जनकपुरधाम आउँदै छन । उनको नेपाल भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    भ्रमणको तयारीका लागि जनकपुर, काठमाडौँ र मुस्ताङमा विशेष तयारी गरिएको छ ।
    प्रधानमन्त्री मोदीको स्वागतका लागि सवारी रुटमा पर्ने सडकमा नेपाल–भारतका राष्ट्रिय झन्डा फहराइएका छन् भने ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

    यस्तो छ मोदीको भ्रमण तालिका

    वैशाख २८ गते शुक्रबार:

    बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

    ९ः३०– जानकी मन्दिरमा पूजा।

    १०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

    १ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।

    ४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

    ४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

    ५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

    ६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

    बैशाख २९ गते शनिबार:

    बिहान ६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

    ८ः३०– मुक्तिनाथमा पूजा।

    १०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।

    १०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

    ११ः३०– होटल हायात प्रस्थान।

    २ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

    ३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...