News Portal

  • मन्त्री पोखरेलको अनुपस्थितिमा मन्त्रालयमा महाभारत : कर्मचारीले कर्मचारी कुटेपछि यस्तो माग

    इभक्तपुर संवाददाताभक्तपुर, २८ बैशाख
    ११५५ पटक
    भक्तपुर, २८ बैशाख

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीवार कर्मचारीले नै कर्मचारी कुटेका छन् । आक्रोसित अवकाश प्राप्त एक विद्यालय कर्मचारीले मन्त्रालयमा कार्यरत निजामती कर्मचारीलाई कुटेका हुन् ।

    मन्त्रालयका विद्यालय कर्मचारी प्रशासनका उपसचिव विदुरराज गिरी ७३ बर्षिय गोविन्द बहादुर पौडेलको आक्रमणमा परेका छन् । स्थायी नियुक्ति पाएका पौडेल एक महिना देखि पेन्सन सुविधा माग गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग धाइरहेका थिए । बिहीवार सोही बिषयमा मन्त्रालयका उपसचिव गिरीसंग भनाभन भएपछि आक्रोसमा आएका पौडेलले टेबलमा रहेको जगले प्रहार गरेका थिए ।

    कार्यालय समय सकिनै लाग्दा अन्दाजी ४: ४५ बजे उक्त घटना भएपछि मन्त्रालयमा झगडा हेर्नेहरुको ठूलै भीड जम्मा भएको थियो । पेन्सन माग गर्दै मन्त्रालय पुगेका पौडेल एक्कासी आक्रामक बनेपछि सिंहदरवार वृत्तको  प्रहरीले उनलाई पक्राउ गरेको एक प्रत्यक्षदर्शीले इभक्तपुरलाई जानकारी गराए । पौडेललाई रातभर महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ । उनीमाथि मुद्दा चलाउने तयारी भैराखेको प्रहरीले बताएको छ ।

    पौडेलले भने उपसचिव गिरीले आफूमाथि अभद्र व्यवहार गरेको र बुवासमान मानिसलाई अपमान गर्दा रीसको पारो बढेको जिकिर गरेका छन् । उनले कम्युनिष्ट भनिने सरकारले सर्वोच्च अदालतले समेत आदेश गरेको श्रमको मूल्य माग्न जाँदा आफूलाई परिबन्दमा पारेर प्रहरी खोरमा पुर्याएको दावी गरे ।

    यता, कर्मचारी संघसंगठनले भने उपसचिव गिरीमाथि कार्यकक्षमै भएको आक्रमणको भत्सर्ना गरेका छन् । बिहीवार बेलुकी नै एक बिज्ञप्ती निकाल्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन शिक्षा विभागीय कार्यसमिति सहित कर्मचारी संघ संगठनले सिंहदरवार भित्रै कर्मचारी असुरक्षित हुनु दुखद भएको भन्दै आक्रमणकारी व्यक्ति / समुहलाई हदै सम्मको कारवाही गर्न र घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरेकाे कर्मचारी नेता शिवराज पोख्रेलले जानकारी गराएका छन् ।

    हेर्नुस् ट्रेड युनियनको बिज्ञप्ती

     

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले घटनाको बिषयले आफूलाई गम्भीर बनाएको इभक्तपुरसंग बताएका छन् । उनले आफू बिहीवार एक कार्यक्रमको सिलसीलामा महोत्तरीमा रहेकोबेला मन्त्रालयमा दुखद् घटना घट्न पुगेको भन्दै आफूलाई यस्ले निकै चिन्तित बनाएको बताए ।
    ”विद्यालय कर्मचारीले न्याय नपाउनु र न्यायको नाममा आक्रमणमा उत्रनु दूवै कुराले म उत्तिकै दुखी छु । म सधै सत्य र न्यायको पक्षमा छु, कानुनले जे भन्छ त्यही हुन्छ ।” इभक्तपुरसंग उनले भने ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...