News Portal

  • भारतीय प्रधानमन्त्रीको रेकर्ड ब्रेक गर्दै मोदी जनकपुरमा : रक्षा मन्त्रीद्वारा स्वागत (लाइभ हेर्नुस्)

    इभक्तपुर संवाददाताजनकपुर, २८ बैशाख
    ८८२ पटक
    जनकपुर, २८ बैशाख

    नेपालको २ दिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइपुगेका छन । एयर इन्डियाको जहाज चढेर उनी जनकपुर आइपुगेका हुन् ।

    जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री समेत बन्न सफल भएका छन । उनलाई जनकपुर बिमानस्थलमा रक्षा मन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए ।

    भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् । पहेलो बस्त्र कुर्ता पाइजामा धारण गरेर आएका मोदीलाई स्वागत गर्न जानकी मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पनि कुर्ता, पाइजामा र ढाका टोपी लगाएका छन ।

    दुवै प्रधानमन्त्रीले भक्तिपूर्वक जानकी मन्दिरमा पूजा अर्चना गरेका छन । जनकपुरमा मोदीलाई हेर्न २ नम्बर प्रदेशका अलावा सीमा नजिकका भारतीय बस्तीबाट समेत मानिसहरु आएका छन ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्ले पछि हेलिकप्टरले सुरक्षागस्ती भइरहेको छ । जानकी मन्दिर र बाह्रविघा वरपर नेपाली सेनाको हेलिकप्टरले सुरक्षा गस्ती गरिहेको छ ।

    प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरेर बाह्रविघा नागरिक अभिनन्दनका लागि जानेछन् ।बाह्र विघामा विहानै देखि स्थानीय जनता गएर बसिरहेका छन् ।

    विहान ८ वजे देखि नै भित्र पसेका छन् । मोदी जनकपुरमा आइसकेपछि बाह्र बिघा मैदानमा अब आउ जाउ गर्न दिइने छैन ।

    माओवादी केन्द्रका नेता एबम् मन्त्री मातृका यादव, एमालेका नेता एबम् मन्त्री रघुवीर महासेठ, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत  १० वजे देखि नै मञ्चमा बसिरहेका छन् ।

     लाइभ लिङ्क हेर्नुस्

    https://youtu.be/5ndjWGKM4Ec

    https://www.facebook.com/missdiyako/videos/1126524810823757/

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...