News Portal

  • वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

    इभक्तपुर संवाददाताबैशाख ३१
    १०६८ पटक
    बैशाख ३१

    बुटवल – गएराती देखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्ध बाबाको बीचमा खसेको पहिरोले रातीदेखिनै  सडक अवरुद्ध बनेको हो।

    अहिले पहिरो हटाउने प्रयास भइरहेको छ। डोजर र स्काभेटरको सहयोगमा पहिरो हटाउने प्रयास भइरहेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक प्रविण आर्चायले जानकारी दिए। उनका अनुसार बाटो माथिबाट खसेको लेदो माटो र साना ढुंगा हटाइसके पनि बाटोको बिचमा रहेको ठुलो ढुंगो हटाउन भने केही समय लाग्ने छ।

    सडक माथिको भिरमा पनि केही ढुंगा अड्केर रहेकाले बाटो खुलेपनि ती ढुंगा फेरी खस्ने जोखीम रहेको प्रहरीले जनाएको छ। सिद्धबाबा नजिकै हेडबक्स भन्ने स्थानमा गएराती एक बजेतीर पहिरो खसेको हो। सो स्थान पहिरोको उच्च जोखीम क्षेत्र हो।

    बाटो अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङ्गका लागि छुट्ने सवारी रोकीएका छन्। ती जिल्लाबाट बुटवल हुँदै काठमाडौं पोखरा तथा पश्चिम तर्फ जाने गाडीहरु पनि बाटोमै अलपत्र परेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...