News Portal

  • विघटित २ पार्टीका सूचनापाटी झिक्न नेकपाको निर्देशन, केन्द्रिय कार्यालय धुम्बाराही कायम

    नेपालवाल संवाददाताकाठमाडौं, ४ जेठ
    ६५१ पटक
    काठमाडौं, ४ जेठ

    दुई ठुला पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच एकता भएर नयाँ पार्टी नेकपाको निर्माण भएपछी तीन महिनाभित्र तल्ला तहका सबै कमिटी एकीकरण गरिने भएको छ । नेकपाले ३ महिना भित्र सबै तहका कमिटी एकीकरण गरिसक्नेसमेत जानकारी गराएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीले विघटित २ पार्टीका सूचनापाटी र बोर्ड ब्यानरहरु आज झिक्न निर्देशन गरेको छ । हिजो पार्टी एकता भएपछि एमाले र माओवादी नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज विघटित पार्टीका सूचनापाटी र बोर्ड ब्यानरहरु आज झिक्न झिक्न निर्देशन गरेको हो ।

    आजदेखि नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ ।

    नेकपाको केन्द्रमा ४४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय रहने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...