News Portal

  • गुडिरहेकाे उग्रतारा यातायातको बसमा भीषण अागलागी

    नेपालवाल संवाददाताडडेल्धुरा, १२ जेठ
    ९१५ पटक
    डडेल्धुरा, १२ जेठ

    डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।

    शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान करिब ६ बजे तिर आफैँ आगो लागेको बताइएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत बाँके जिल्लाको बासगढी नजिक अर्काे गाडी लाई ओभरट्याक गर्ने क्रममा अगाडिको चक्कामा आगलागी पछि पुरै बसमा आगो फैलिएको सोही बसमा सवार यात्रु भुवन जोशीले बताए।

    एक्कासी रुपमा आफैँ आगो दन्किएपछि बस जलेर पूर्ण रुपमा नष्ट भएको छ भने यात्रुहरु सबै सकुसल रहेको उनले बताए। उग्रतारा यातायात डडेल्धुराबाट सञ्चालनमा आएको सानो चमेना गृहसहित शौचालय भएको घटाल एयर सस्पेन्सन बसमा आगलागी भएको उग्रतारा समितिले जनायो।

    करिब ४५ यात्रु सवार बसमा आगलागी भए पछि यात्रु सकुसल रहे पनि यात्रुहरुको सबै सामान जलेर नष्ट भएकोे उग्रतारा सार्वजनिक यातायात समिति अध्यक्ष पदमराज जैसीले बताए। वाएर सर्ट भई आगोलागेको भन्ने बताइए पनि आगलागीको मुख्य कारण खुल्न नसकेको अध्यक्ष जोशीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...