News Portal

  • गूगलले सम्झियो नेपालको गणतन्त्र दिवस : गणतन्त्र दिवसमा दियो यस्तो सम्मान

    नेपालवाल संवाददाताकाठमाडौँ, १५ जेठ
    २२५७ पटक
    काठमाडौँ, १५ जेठ

    इनटरनेट सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवसको सम्मान गरेको छ । गूगलले नेपाली गणतन्त्र दिवसको डूडल बनाएर सम्मान गरेको हो ।

    गुगलले विश्वका महत्वपूर्ण अवसरहरुलाइ गुगल डुडल मार्फत सम्झने गर्दै आएको छ । आज जेठ १५ गते नेपालको गणतन्त्र स्थापना भएको ११ बर्षको अवसरमा नेपालीहरुले गणतन्त्र दिवस मनाइरहदा गूगलले पनि डुडल बनाएर सम्मान गरेको देख्न सकिन्छ ।

    विश्वभरका गूगल प्रयोगकर्ताहरुले आजको दिनमा गूगलमा प्रवेश गर्ने बित्तिकै आज नेपालमा गणतन्त्र दिवस रहेको जानकारी पाउँछन् ।
    गूगलले आफ्नो लोगो राख्ने ठाउँमा आज नेपालको पहिचान झल्कने गरि सगरमाथा, बौद्धधर्मको ध्वजा र नेपालको गणतन्त्र दिवसलाई प्राथमिकता दिएर प्रस्तुत गरेको छ ।

    नेपालमा रहेका मात्र नभई बिदेशमा रहेका नेपालीहरुले पनि आज ११ औं गणतन्त्र दिवस समृद्ध नेपालको कामनासहित मनाइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...