News Portal

  • धेरैलाई जीवन दिएका डा. देवकोटाको देहान्त

    नेपालवाल संवाददाताकाठमाडौँ, ४ जेठ
    ८१७ पटक
    काठमाडौँ, ४ जेठ

    धेरैलाई जीवनदान दिएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । उनको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमबार साँझ निधन भएको हो ।

    पूर्व स्वास्थ्यमन्त्री समेत भएका डा. देवकोटा लामो समयदेखि पित्तथैलीको क्यान्सर बाट पीडित थिए ।

    बेलायतमा पित्तथैलीको क्यान्सरको उपचार गराउदै आएका देवकोटा निको नहुने पक्का भएपछि स्वदेशमै प्राण त्याग गर्ने भन्दै फर्किएका थिए ।

    गत हप्ता उनको इच्छा बमोजिम उनलाइ गोरखास्थित गाउँको जन्मघरमा पुर्याएर पधेराको पानी खुवाएर फ़र्काइएको थियो ।

    उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि दिउँसाे १ बजेसम्म न्यूरो अस्पतालमै राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अस्पतालले जनाएको छ ।

    डा. देवकोटाको श्रीमती र तीन छोरीहरु छन ।

     

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...