News Portal

  • हुुम्लामा दुुई वर्षमा सेनाले गाडी गुडाउने

    राजन रावत/हुम्ला
    ११०२ पटक

    कर्णाली करिडोर अन्तर्गत हुुम्ला जिल्लाको काम गर्ने जिम्मेवारी पाएको नेपाली सेनाले दुुई वर्षमा हुुम्ला खण्डमा गाडी गुुडाउने भएको छ ।

    यसका लागि कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको कवाडी देखि सलिसल्ला खण्डको सडक निर्माणका लागि नेपाली सेनाको टोली अदानचुली गाँउपालिकाको निर्माण स्थल गल्फागाडमा बसे सँगै सेनाले सो कुुरा बताएको हो ।

    हुुम्ला जिल्लाको कवाडी देखि सलिसल्लासम्म सडक निर्माणको जिम्मा पाएको क्षेत्रमा आगामी दुुई वर्षमा सेनाले बाटो निर्माण गरेर गाडी गुुडाउनका लागि निर्माण स्थलमा पुुगेर काम सुुरु गरेको इन्जिनीयर मेजर मिलन कार्कीले बताए ।

    उक्त खण्डको ६१ दशमलव पाँच किलो मिटर बाटो निर्माणका लागि सेना निर्माण स्थलमा पुुगेको खुलालु लैफ सलिसल्ल खण्डको काम गर्ने जिम्मा पाएको नेपाली सेनाको बिकास निर्माण निर्देशनालका इन्जिनीयर मेजर मिलन कार्कीले बताए ।

    कर्णाली करिडोरको कुुल मध्य १४५ किलो मिटरमा सेनाले काम गर्न जिम्मा पाएकोमा अब कालिकोट र बाजुुरा जिल्लामा डेढ डेढ किलो मिटर चट्टानको भाग मात्र बाँकी रहेको र हुुम्ला जिल्लाको पनि साढे ६१ किलो मिटर बाटोको निर्माण कार्य निर्धारित समयमा काम सकाएर गाडी गुडाउने उनले बताए ।

    सेनाको जिम्मामा परेकोमा यस अघि नेपाली सेनाको बाजुुरा जिल्लामा बसेको सेनाको टोलीले हुुम्लाको कवाडी देखि मुुगुु जिल्लाको सिमाना दोमुुखसम्मको ११ किलो मिटर बाटोको निर्माण कार्य सकेको र अव बाटो निर्माणलाई गति दिन थप एक देखि दुुई नेपाली सेनाको निर्माण टोली हुुम्ला खण्डमा थप्ने योजना रहेको उनले बताए ।

    अहिले निमार्ण स्थल गल्फागाडमा नेपाली सेनाको ६० देखि ७० जनाको टोली आई काम सुुरु गरेको र कामलाई तिब्र गतिमा लैजाने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...