News Portal

  • न्याय परिषदद्वारा २२ न्यायाधीश सिफारिस : २ मात्र महिला

    नेपालवाल संवाददाताकाठमाडौं, ९ असार
    १७३८ पटक
    काठमाडौं, ९ असार

    न्याय परिषद्ले २२ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । न्याय, कानुन र सरकारी वकिल समूहबाट उनीहरु सिफारिस भएका हुन् ।

    न्याय सेवा बाट १४,कानुनबाट ३ र सरकारी वकिलबाट ५ जना सिफारिसमा परेका छन् ।

    सिफारिसमा पर्नेमा न्याय समूहबाट वसन्तजंग अधिकारी, चाणकमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती , देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दिनबन्धु बराल, दण्डपाणि लामिछाने र गीता श्रेष्ठ रहेका छन् ।

    कानुन समूहबाट खिमानन्द भुसाल, माधवप्रसाद सुवेदी र चन्द्रकान्त पौडेल परेका छन ।

    सरकारी वकिलबाट सुदर्शन लामिछाने, टिकेन्द्र दाहाल, राजेशकुमार कटुवाल, मणिराज न्यौपाने र दुर्गा खड्काको सिफारिस भएको छ ।
    २२ न्यायाधीस सिफारिस हुँदा महिलाबाट सिफारिस हुनेमा दुइ जना मात्र परेका छन् । न्याय समूहबाट सिफारिस हुने गीता श्रेष्ठ र सरकारी वकिलबाट सिफारिस हुने दुर्गा खड्का बाहेक २० जना नै पुरुष परेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...