सर्लाहीको हरिवनमा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता सेवा शुरु गरिएको छ । हरिवन नगरपालिका वडा नम्बर ५ ले सर्वप्रथम अनलाईनबाट जन्म, मृत्यु, वसाईसराई लगायतका व्यक्तिगत घट्ना दर्ता गर्न शुरु गरेको हो ।
वडा अध्यक्ष नागेन्द्र कुमार साहले हरिवन ५ निवासी विनोद र वीर कुमारी घिसिङका छोरा अमन घिसिङको जन्म दर्ता गरी अनलाईन सेवाको आरम्भ गरिएको वडा सचिव वैकुण्ठ भेटवालले बताए । नगरका हरेक वडालाई सूचना प्रविधिमैत्री बनाउने उदेश्यले वडा नम्बर ५ बाट सेवा शुरु गरिएको नगरपालिकाका मेयर गणेश प्रसाईंको भनाई छ । उनका अनुसार अव देखि अनलाईन प्रयोगकर्ताहरुले व्यक्तिगत घट्ना दर्ता गर्न वडा कार्यालय धाई रहनु नपर्ने भएको छ । जहाँसुकै वसेर पनि अनलाईन मार्फत व्यक्तिगत घट्ना दर्ता गर्न सकिने नगरपालिकाले जनाएको छ । मेयर प्रसाईंले यस्को प्रभाव हेरेर अन्य वडामा पनि क्रमश बिस्तार गर्दै जाने जानकारी दिए ।
अनलाईन प्रविधिको बिकाश भएको भैता पनि अझै ग्रामिण भेगका नागरिकलाई भने प्रविधिबारे जानकारी नहुँदा केही कठिनाइ हुनसक्ने स्थानीय श्रवण कुमार लोप्चनले चिन्ता व्यक्त गरेका छन् । प्रविधिको सदुपयोगका लागि तालिम र अभिमुखीकरण आवश्यक रहेको उनी बताउँछन ।
अनलाईनबाटै काम हुने भएपछि पछिल्लो पुस्ताका युवाहरु भने उत्साहित भएका छन् । अहिलेको इन्टरनेटको युगमा प्रविधिमैत्री नगरपालिकाको बासिन्दा बन्न पाउदा आफूहरूमा खुसी छाएको स्थानीय बुद्धिमान घलानले बताए ।
निरन्तर खबरका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोस्