News Portal

  • जीवन संगिनीको सफल उपचारपछि (ने क पा)का अध्यक्ष प्रचण्ड स्वदेश फर्किए

    काठमाडौं, १७ असार
    ८७० पटक
    काठमाडौं, १७ असार

    नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डको जीवन संगिनी सीता दाहालको उपचार पश्चात आज बेलुका ९ बजे स्वदेश फर्किएका छन् । त्रिभुवन बिमानस्थलमा (ने क पा)का नेताहरु पुगेर स्वागत गरेका थिए ।

    सिंगापुरस्थित एमटि. एलिजाबेथ अस्पतालमा प्रचण्डको जीवन संगिनी सीता दाहालको रोगको पहिचान गरी उपचार पश्चात स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको बताइएको छ ।

    उनलाई Progressive Supranuclear Palsy (PSP) भएको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका जानकारी प्राप्त भएको छ । तीन महिनासम्मको वाटर थेरापी र औषधी सेवन पछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाई रहेको छ ।

    रोगको पहिचान भएको र निदान हुने कुराले अध्यक्ष प्रचण्ड र उनको परिवारका साथै कार्यकर्ता एवं शुभचिन्तकमा आशा जगाएको छ । विभिन्न स्थानमा गरिएको परिक्षणमा रोगको ठोस पहिचान हुन सकेको थिएन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...