News Portal

  • अनसनरत डा केसी काठमाडौ आए : गोली नचलेको गृहको दावी, प्रहरी जवानको मृत्यु झुट सावित

    नेपालवाल संवाददाताकाठमाडौं, ३ साउन
    ९४५ पटक
    काठमाडौं, ३ साउन

    चिकित्सा शिक्षा बिधेयक फिर्ता हुनुपर्ने भन्दै बीस दिनदेखि जुम्लामा अनसनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएको दावी गर्दै सरकारले सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत केसीलाई आज साँझ काठमाडौँ ल्याएको हो ।

    नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ अवतरण गराइएका डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

    उनलाई ल्याउन गएको टोलीलाई उनका समर्थकहरुले अवरोध पुर्याएका थिए । प्रहरीले डा केसीका समर्थकहरुमाथि बल प्रयोग गरेको थियो । दिनभर जुम्लामा गोली चलेको कुराले माहोल तात्तिएको थियो । प्रहरीकै गोली लागि एक प्रहरी जवानको ज्यान गएको हल्ला समेत खुबै चल्यो ।

    गृह मन्त्रालयले भने गोली नचलेको र ज्यान नगएको बताएको छ । प्रहरी ज्यादै संयमित भएर व्यवहार गरेको तर केसी समर्थकले नियोजित रुपमा सिसाका टुक्रा लगायतले प्रहार गर्दा प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भएको र उनको उपचार भैरहेको भनिएको छ ।

    डा केसीलाई काठमाडौँ ल्याउन  प्रहरीले नै प्रहरीको हत्याको झुटो खबर फैलाएर भीड तितर बितर गर्न सफल भएको एक स्थानीयले दावी गरे । प्रहरी प्रधान कार्यालयले भने एक विज्ञप्ती निकाल्दै संचार माध्यमहरुले समाचार ब्रेेक गर्ने बहानामा मानवीय संवेदनामाथि खेलवाड गरेको र मृत्युको हल्ला मच्चाएको भन्दै खेद प्रकट गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...