News Portal

  • भाग्यले साथ् नदिएका हरिवनका भाग्यनारायणलाई शेखको भर : सवैलाई यस्तो अपील

    प्रेमनाथ पाैडेलसर्लाही, १४ साउन
    १८८४ पटक
    सर्लाही, १४ साउन

    पछिल्लो समय आफ्नो भत्ताको रकमले गाउँमा विद्युतीकरण गरेर चर्चा कमाएका हरिवन ११ का वडा अध्यक्ष शेख मेहवुव रेजाले यसपटक मृगौला रोगबाट पीडित एक विपन्नलाई आर्थिक सहयोग गरेका छन् ।

    दुवै मृगौला फेल भई उपचाररत हरिवन -११ का भाग्यनारायण राम भग्लुलाई वडाध्यक्ष रेजाले नगद सहयोग गरेका हुन् । नाम भाग्यनारायण भएपनि परिस्थितिले भाग्यमानि नबनाएपछि सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका भाग्यनारायण अचानक दुवै मृगौलाले काम नगर्ने भएर अहिले जीवन मरणको दोसाँधमा छन् । विरामी भए देखि नै मासिक २- ४ हजारका दरले नगद सहयोग गर्दै आएका वडाअध्यक्ष रेजाले आज भाग्यनारायणकी श्रीमती राजकली देवी रामलाई नगद २५ हजार प्रदान गरे ।

    नगरप्रमुख गणेश प्रसाई, वडा नम्बर- १० का वडा अध्यक्ष शम्भु मैनाली, नेकपाका नेता विदुर प्याकुरेल, चुडामणि वाग्ले लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गदै वडा अध्यक्ष रेजाले दुःखमा परेका नागरीकलाई सेवा गर्न पाउनुमा ठुलो सन्तुष्टी भएको भनेका छन । रेजाले दुवै मृगौला फेल भई जीवन मरणको दोसाँधमा रहेका भाग्यनारायण राम भग्लुलाई सहयोग गर्न सवै दयालु महानुभावहरुलाई आग्रह समेत गरे । ”यदि कोही दयालु दाताहरुले भग्लुलाई सहयोग गर्न चाहानु हुन्छ भने सिधै आफुलाई ९८५४०३४०११ मा सम्पर्क गर्न सक्नुहुन्छ ।” वडा अध्यक्ष रेजाले भने ।

    भाग्यनारायण राम भग्लु भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रमा जीवन मरणको दोसाँधमा छन । वडा अध्यक्ष र छरछिमेकीले गरेको सहयोग र आफुसँग भएको केही पैसा समेत गरी ६ लाख भन्दा बढी खर्च भईसकेको उनकी श्रीमती राजकली देवीले जनाकारी दिइन् । सम्पतिको नाममा ५÷७ धुर घडेरी मात्र भएकी राजकली देवी २ छोरा र १ छोरी पाल्ने समस्यालाई थाती राख्दै श्रीमानको उपचारमा लागेकी छिन । ”अलि अलि भएको पैसा पनि श्रीमानको औषधी उपचारमै सक्किसक्यो अब के गर्ने होला?” नेपालवालसंग रामकलीले चिन्ता व्यक्त गरिन ।

    के तपाइँ भाग्यले साथ् नदिएका भाग्यनारायणलाई साथ् दिएर उनको जीवन बचाउने अभियानमा जोडिन चाहनुहुन्छ । पैसा त् तपाइँसंग  बारम्बार आउछ तर यसले कसैको जीवन बचाउने अवसर बारम्बार नआउन सक्छ । वडा अध्यक्ष शेख मेहवुवसंग ९८५४०३४०११ मा सम्पर्क गरि भाग्यनारायणलाई आर्थिक सहयोग गर्न हामी पनि अपील गर्दछौ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...