News Portal

  • सर्लाहीमा सवारी दुर्घटनामा परि ३६ को मृत्यु , १ सय ९ घाईते

    प्रेमनाथ पाैडेलसर्लाही, १९ साउन
    २३८३ पटक
    सर्लाही, १९ साउन

    सर्लाहीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ भने १ सय ९ जना घाईते भएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले दिएको तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थानमा भएको १ सय १६ सवारी दुर्घटना मध्ये ७९ वटा दुर्घट्नामा २२ पुरुष, १० महिला, २ बालक र २ बालिका सहित ३६ जनाले ज्यान गुमाउनुका साथै ५८ जना गम्भीर घाईते र ५१ जना सामान्य घाईते भएका थिए ।

    तर जानकारहरु भने यो संख्या थप हुन सक्ने बताउँछन् । कतिपय दुर्घटना ट्राफिक प्रहरी सम्म नपुगी दुई पक्ष बिच मिलापत्र गरेर मिलाउने गरेको कारण घट्ना र घाईते संख्या अझ धेरै हुन सक्ने उनीहरुको तर्क छ ।

    वढ्दो सवारी चाप अनुसार सडकको आयतन वृद्धि नहुनु, सवारी चालकले लापरवाही गरेर सवारीसाधन चलाउनु, बर्षामा परेको पानीका कारण सडक चिम्लो हुनु, हिउँदमा कुहिरोको कारण सडक नदेखिनु, उखुको सिजनमा ट्याक्टर तथा टायरगाडाको चाप हुनु, राजमार्ग क्षेत्रमा सडक अतिक्रमण गरी विभिन्न व्यवसाय संचालन गर्नु लगायतका कारणले गर्दा सवारी दुर्घट्ना बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार राईले बताएका छन् ।

    आगामी दिनमा यस्ता दुर्घटना कम गर्न विभिन्न चेतनामूलक अभियानलाई तिव्रता दिने र सवारीमा पनि कडाईका साथ चेक जाँचलाई अगाडि बढाउने बताँउदै राइले आगामी दिनमा दुर्घटनामा र भौतिक क्षतिमा पनि कमि ल्याउन ट्राफिक प्रहरी कटिबद्ध रहेकोसमेत दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...