News Portal

  • शिक्षाको सिन्डिकेट तोडिन्छ

    राजेन्द्र आचार्यचितवन, २६ साउन
    १०२८ पटक
    चितवन, २६ साउन

    गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ ।

    रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच शुक्रवार सम्मान गरेका हुन् ।

    तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको भन्दै उनीहरुले सम्मान गरेका हुन् ।

    कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजि क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, निति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा माग राखेको कृषि विश्व विद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।

    सो अवसरमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादी शिक्षालाई लागु गर्न सरकारले अग्रसर भएको काम गरिरहेको बताएका छन् ।

    ”शिक्षामा अहिले अल्पसंख्यक पुँजीबाद हावी छ ।  शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।” उनले भने ।

    सरकारले शिक्षामा निजी र सिन्डीकेटको अन्त्य गर्दै निशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षामा पुँजीपतिको हावी अन्त्य गराएरै छाड्ने उनले प्रतिवद्धता जनाए ।

    उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएकै भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीर भएर छलफलमा रहेको समेत बताए ।

    शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने उनको उद्घोष छ ।

    सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्त प्रकाश सुवेदी र अखिल क्रान्तिकारी केन्द्रिय सदस्य आरके भट्टले कृषि विश्व विद्यालयको विकासका लागि ८ निजी कलेजको सम्बन्धन खारेज गरेकोमा सरकालाई धन्यवाद दिदै अबका दिनमा कुनै पनि हालतमा निजीलाई सम्बन्धन दिन नहुने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...