News Portal

  • पेम्बा घलानको नेतृत्वमा सर्लाही प्रवासी सेवा समाज कतार दोहाले पायो नयाँ कार्यसमिति

    प्रेमनाथ पाैडेलसर्लाही, २९ साउन
    १८४९ पटक
    सर्लाही, २९ साउन

    सर्लाही प्रवासी सेवा समाज कतार दोहाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन: हरिवन निवासी पेम्बा घलान चुनिएका छन ।

    आइतवार कतारको दोहा स्थित एक रेस्टुरेण्टको सभा हलमा समाजका पूर्व संरक्षक मोहमद हुसैनको प्रमुख आतिथ्यतामा भएको ९ औ अधिबेशनले घलानलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

    अधिबेशनको बन्द सत्रले प्रथम उपाध्यक्षमा कुमार नेउपाने ,द्वितीय उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठ ,महासचिवमा सुजन बराल, सचिवमा पूर्ण बहादुर महत र कोषाध्यक्षमा राजेश भुजेल निर्वाचित भएका छन भने सदस्यहरुमा पदम बहादुर बल , भेष बहादुर घिसिङ्ग ,निर्मल घिसिङ्ग ,ज्ञान् बहादुर बम्जन , देबेन्द्र पाख्रीन , शंकर पाख्रीन लगायत चयन भएको समाजले जनाएको छ ।

    त्यस्तै अधिबेशनले राम इन्दल सिंह ,श्यामलाल चौधरी ,होम बहादुर स्याङ्बो र हरिलाल महतो रहेको चार सद्स्यीय सल्लाह्कार समिति समेत चयन गरेएको नवनिर्बाचित अध्यक्ष घलानले जानकारी गराए ।

    झन्डै दुई दशक अर्थात सन् २००० मा गठन गरिएको समाजमा हाल २२ हजार भन्दा बढी सदस्य रहेका बताइएको छ ।

    समाजले कतारमा रहेका अप्रबासी कामदारको हितमा मात्र नभै नेपालमा समेत विभिन्न सामाजिक काममा सहयोग पुर्याउदै आएको छ ।
    नेपालमा बि. सं. २०७२ को बिनाशकारी भुकम्पमा झण्डै एक करोड आर्थिक सहयोग उपलब्ध गराएको यस समाजले , ब्लड क्यान्सर ,एचआईभी संक्रमित लगायतलाई सहयोग गर्दै आएको छ भने विभिन्न समयमा बाबु आमा गुमाएका अनाथ बालबालिकालाई आर्थिक सहयोगका साथसाथै कापी कलम लगायत शैक्षिक सामाग्री र लताकपडा समेत प्रदान गर्दै आएको जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी समाजले रोजगारीका लागि कतार गएर बिचल्लीमा परेकालाई आश्रय दिनुको साथै दुई युबकलाई हबाई टिकटको ब्यबस्था गरि स्वदेश फिर्ता गराउनसमेत सफल भएको अधिबेशनमा जानकारी गराईएको द्वितीय उपाध्यक्ष बुद्दिनारायण श्रेष्ठले नेपालवाल डट कम लाई बताए ।

    दोश्रो कार्यकालमा तन मन धनले प्रवासीको हकहितका लागि काम गर्नुका साथै सर्लाही र सिंगो देशको लागि सेवा भावले आफ्ना कार्यहरु अघि बढाउने नेपालवाल संग नवनियुक्त अध्यक्ष पेम्वा घलानले प्रतिबद्धता पनि प्रकट गरे ।

    Nepalwall को फेसबुक पेज लाइक गरी निरन्तर खबर प्राप्त गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...