प्रदेश नम्वर ५ को सरकारले बुधबार मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैरसरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले सार्बजनिक बिदा दिने निणर्य गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ ।
प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघिय सरकार अन्तर्गत रहेका कार्यालयहरु खुल्ने नखुल्ने अन्यौल छ । संघीय सरकारले सार्बजनिक बिदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट बैकको भैरहवा शाखा तथा बैक तथा बित्तिय सस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहने छन् ।