News Portal

  • अब बालबालिका विद्यालय नपठाए अभिभावकलाई नै कारबाही : मन्त्री पोखरेल

    नेपालवाल संवाददाताबर्दिबास, ७ भदाै
    १२४४ पटक
    बर्दिबास, ७ भदाै

    आफ्नो गृह जिल्ला पुगेर शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगरे अभिभावकलाई नै कारबाही गरिने बताएका छन् ।

    बुधबार महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका हुन् ।

    सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गर्दै मन्त्री पोखरेलले भने, ” बि.सं.२०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने नीति छ । त्यसैले आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक छ ।”

    स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले भर्ना अभियानलाई विशेष रुपमा लिनु पर्नेमा पनि जोड दिए । ”अझैं पनि मुसहर, डोम र दलित बालबालिकाहरुलाइ विद्यालयसम्म ल्याउन नसक्नु दुखद कुरा हो ।” उनले भने ।

    महोत्तरी शिक्षामा कर्णाली भन्दा पछाडी परेकोमा चिन्ता ब्यक्त गर्दै उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने मात्रै होइन, टिकाउने अभियान पनि चलाउन स्थानीय सरकारको जिम्मेबारी भएको जिकिर गरे । वडा, गाउँपालिका र नगरपालिकाहरु साक्षर भएको घोषणा गर्न र शिक्षालाइ प्रमुख प्राथमिकतामा पार्न उनको आग्रह छ ।

    प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताएका मन्त्री पोखरेलले श्रम,शीप र उत्पादनलाई समृद्धिसङ्ग जोड्नुपर्नेमा जोड दिएका थिए ।

    मध्यमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा निर्देशक नागेन्द्र रेग्मी, महोत्तरी जिल्लाका नगर प्रमुखहरु, गाउँपालिका प्रमुखहरु, शिक्षा सङ्ग सम्बन्धित कार्यालयका प्रमुखहरु, श्रोत व्यक्ति, शिक्षाको कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापकहरु, अभिभावक र सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आयोजना रहेको उक्त अन्तर्क्रिया कार्यक्रमको स्थानीय संयोजन जय गोविन्द शाह अध्ययन केन्द्रले गरेको थियो ।

    यसैबीच मन्त्री पोखरेलको उपस्थितिमा बर्दिबास नगर पालिका वडा नम्बर-८ हात्तिलेटस्थित मोडेल इङलिस बोर्डिङ स्कुल र  शिशु कल्याण आधारभुत विद्यालयबीच समायोजन भएको घोषणा गरिएको छ । साउन ८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको आज एक औंपचारिक कार्यक्रम बिच समायोजनको घोषणा गरिएको हो ।

    शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै  सरकारी र नीजि स्कूल बीचको खाडल मुख्य समस्याको रुपमा रहेको बताउदै यसको अन्त्य आवश्यक रहेको बताए ।  हुनेखाने  र नहुने बीचको खाडल  शिक्षामा प्रतिबिम्बित हुनु नहुनेमा उनको जोड थियो ।  ”देशका सबैं ठाँउमा सबै जनताले एकै खालको शिक्षा पाउन नसक्नु दुखद कुरा हो,  देशका सबैं ठाँउमा सबै जनताले एकै खालको शिक्षा पाउनु पर्नेकुरामा सरकार संवेदनशील छ ।” उनले जिकिर गरे ।

    निजी र सामुदायिक विद्यालय बीचको समायोजन बर्दिबासबाट हुनु सुखद भएको भन्दै मन्त्री पोखरेलले यो प्रक्रिया देशब्यापी बन्नुपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...