News Portal

  • प्रेसर परेपछि निर्मलाको हत्या अनुसन्धानमा सकारात्मक गति : आन्दोलन मत्थर

    कञ्चनपुर, १३ भदाै
    ७३० पटक
    कञ्चनपुर, १३ भदाै

     १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।

    भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा भीमदत्तनगरमा गत बिहीबार र शुक्रबार दोहोरो झडप हुँदा स्थिति अशान्त बनेको थियो ।

    शान्ति सुरक्षा नै खलबलिने स्थिति आएपछि गत शुक्रबार रातिदेखि विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाउँदै आएको कफ्र्यू अहिले अवस्था सामान्य बन्दै गएपछि खुकुलो बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

    मङ्गलबार राति ८ देखि बुधबार बिहान ४ बजेसम्म यहाँ कफ्र्यू लगाइएको थियो ।

    स्थिति सहज बनिरहेको बताउँदै प्रहरी उपरीक्षक कडायतले अवस्था सामान्य भएसँगै कफ्र्यू हटाइने बताए ।

    सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति र जिल्ला आएको नयाँ नेतृत्वलाई बालिका हत्याकाण्ड छानविन गर्न दिन यहाँको वातावरण शान्तिपूर्ण बनाउन सबै क्षेत्र र तह तप्काबाट पहल भएको थियो ।
    घटनामा संलग्न हुनसक्ने आशङ्कासहित प्रहरीले भीमदत्तनगरपालिका–१८ निम्बुखेडाका रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । “घटनाबारे धेरै कोणबाट गहनरूपमा अनुसन्धान हुँदैछ ।” प्रहरी उपरीक्षक कडायतले भने, “बाह्य स्थिति सहज बनेपछि हामीलाई अनुसन्धान गर्न थप बल पुगेको छ ।” एक हप्तादेखि बन्द रहेका यहाँका शैक्षिक सङ्घ÷संस्था पनि मङ्गलबारदेखि खुलेका छन् ।

    आन्दोलनका क्रममा घाइते भएका आन्दोलनरत पक्ष र प्रहरीको भीमदत्तनगरदेखि काठमाडौँसम्म विभिन्न अस्पतालमा उपचार हुँदैछ । घाइतेको उपचार पनि सरकारले गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...