News Portal

  • दाइजोको निहुँमा रौतहटमा एक महिलाको ज्यान गयो

    राैतहट, ५ असोज
    ८९२ पटक
    राैतहट, ५ असोज

    दाइजोको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको छ । स्थानीय गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाही निवासी २१ वर्षीय सुधा देवी साहको हत्या भएको हो ।

    ससुरा राम ईश्वर जैसवाल, श्रीमान उपेन्द्र जैसवाल र सासु मिलेर छोरीको हत्या गरेको मृतकका बूबा देवाही गोनाही नगरपालिका वड़ा नम्बर ३ निवासी लालबाबू साहले आरोप लगाएका छन् ।

    मइतीघरबाट ५ दिन पहिला ससुरालीघर गएकी छोरीले असोज २ गते फोन गरी भेट्न आउनु पर्छ भन्दा भेट्न जाँदा छोरी सित भेट्न नदिएको साहले बताए ।

    आखाबाट आशु झार्दै साहले भने विरामी छू बूबा आउनु पर्छ भने छोरी बुधवार आफ्नै घरमा मृत अवस्थामा भेट्यो । सासु ,ससुरा ,र श्रीमानले मिलेर हत्या गरेको हुदा कार्यवाही गर्न सम्वन्धित निकाय संग मांग गरे । तीन वर्ष पहिला सामाजिक परम्परा अनुसार विबाह गरेको छोरीलाइ दाइजो नदिएको भन्दै यातना दिदै आएको र सासु ससुराले विष खुवाएर हत्या गरिदेउ भन्दै आएको पीडि़त साहले सुनाए ।

    घटना भएको दिन विहान ८ बजेको समय मा जवाई उपेन्द्र साहले मोटर साइकल दिनु बाहिर काम विशेषले जानू पर्ने भन्दै मेरै मोटर साइकल लिएर फरार भएको बताएका छन् । छोरीको हत्या गरेर सवै जना घर छोडेर फरार भएका छन् । घाटीमा डोरीको डाम रहेको छ ।

    हत्या गरेर आत्म हत्याको संज्ञा दिन खोजिएको मृतकका पिताले दावी गरेको मधेशबाणीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...