News Portal

  • सीके राउतसम्बन्धी समाचार सेयर गरेपछि गयो गुञ्जाको सरकारी जागिर

    जनकपुरधाम, ७ असोज
    १०४४ पटक
    जनकपुरधाम, ७ असोज

    संविधान विरोधी तथा डा.सीके राउतसम्बन्धी समाचारका लिंकहरु सामाजिक सञ्जालमा सेयर गर्दा धनुषा जिल्ला अदालतमा कार्यरत् एक कर्मचारीको जागिर गएको छ ।

    धनुषा जिल्ला अदालतमा कार्यरत कर्मचारी गुञ्जा रायले असोज ३ गते संविधान दिवसका दिन संविधानविरोधी समाचारको लिंक सेयर गरेको भन्दै अदालबाट निकालिनु परेको दुःखेसो पोखेकी हुन् ।

    ‘मधेशमा ब्ल्याक आउट, प्रदेश २ का मुख्यमन्त्री संविधान दिवसमा सहभागी भएनन्’ तथा सिके राउतसम्बन्धी समाचार सेयर गरेको भन्दै आफूलाई अदालतले जागिरबाट निकालेको उनको आरोप छ ।

    आइतबार बिहान जनकपुरधामको नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा पत्रकार सम्मेलन गर्दै रायले असोज ४ गते आफूलाई जिल्ला अदालतका श्रेस्तेदार राधाकृष्ण झाले बोलाएर संविधानविरोधी पोस्टहरू सेयर किन गरेको भनी मौखिक स्पष्टीकरण लिएको र भोलिपल्ट आफ्नो काममा जाँदा आफूलाई म्याद सकिएको पत्र दिएर घर जान भनेको पत्रकार सम्मेलनमा रायले सुनाइन् ।

    यता, जिल्ला अदालत धनुषाका श्रेस्तेदार राधाकृष्ण झाले गुञ्जा राय करारको कर्मचारी भएको र उनको काम सन्तोषजनक नभएकोले म्याद थप नगरिएको मधेशवाणीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...