News Portal

  • सर्लाहीका १४ वर्षीय बालकले बनाए ड्रोन, स्थानीय आश्चर्यचकित

    प्रेमनाथ पौडेल सर्लाही, २२ असोज
    ४४४३ पटक
    सर्लाही, २२ असोज

    सर्लाही हरिवन- ४ सासापुरका १४ वर्षीय बालक निश्चल पौडेलले हेलिकप्टरको सानो रुप अर्थात ड्रोन निर्माण गरि सफल परिक्षण गरेर सबैलाई आश्चार्यचकित तुल्याएका छन ।

    उनले ड्रोन मात्रै होईन आफूले यस अघि निर्माण गरेका ब्याट्रीबाट चल्ने ई साईकल र स्वचालित आफै चल्ने स्मार्ट कारको समेत आज एक कार्यक्रमका बीच सफल परिक्षण गरेर सबैलाई आश्चर्य चकित बनाएका हुन ।

    उनी अध्ययनरत विद्यालय लालबन्दी-२ जुटपानीस्थित नवजीवन माविमा एक कार्यक्रमका वीच उनको प्रतिभा सार्वजनिक भएको हो ।

    विद्यालयका प्रधानाध्यापक भलबहादुर अधिकारीको अध्यक्षता एवम लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खडकाको प्रमुख आथिथ्यतामा एक कार्यक्रम गरि निश्चलले बनाएका तिनवटै आविष्कारको सफल परिक्षण गराईएको हो ।

    करिब ६८ हजारको लागतमा ड्रोन , २५ हजारको लागतमा ई साईकल र ३ हजारको लागतमा स्मार्ट कार बनाएको उनले बताए ।

    परिक्षणको अबलोकन गर्दै मेयर खड्काले यस्ता प्रतिभाको जगेर्ना र हौसलाको लागि आफ्नो र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउदै उनलाई उच्च शिक्षा सम्म हासिल गराउन र उनी भित्रको प्रतिभालाई अझ उजागर गर्नको लागि आफ्नो तथा नगरपालिका को तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।

    त्यस्तै वडा नम्बर दुईका वडा अध्यक्ष किरण पासवानले ई-साईकलमा प्रयोग गरिने २४ भोल्टको ब्याट्री उपलब्ध गराउने प्रतिबदता जनाए ।

    कार्यक्रममा विद्यालयका आर्थिक समिति अध्यक्ष उद्धव पौडेल, सदस्य भिमबाहादुर थिङ्ग ,समाजसेबी ज्वाला पोखरेल, लालबन्दी वडा नम्बर ४ का वडा अध्यक्ष सोमनाथ बडाल, सर्पदंश उपचार केन्द्र नवलपुरका अध्यक्ष बोधराज काफ्ले लगायतले बालक निश्चलको प्रतिभाको कदर गर्नु पर्ने बताउदै यस्ता प्रतिभाको जगेर्ना गर्न र उनी भित्रको प्रतिभालाई अझ उजागर गर्न सबैको सहयोग को खाचो रहेको हुदा त्यस्ता सहयोगको लागि आफूहरु तयार रहेको बताउदै सबैलाई सहयोग गर्न आह्वान गरे ।

    हरिवन ४ सासापुर गणेशचौकका १४ वर्षीय निश्चल (स्वर्णिम)पौडेलले आफ्नै माईण्ड ( दिमाग ) ले गाउघरमा खेर गएका पुराना सामानको प्रयोग गरेर उनले ब्याट्रीबाट चल्ने ई साईकल को निर्माण गरेका हुन् भने ड्रोन र स्मार्ट कार बाहिरबाट समान खरिद गरि निर्माण गरेका हुन् ।

    सानै देखी तिक्ष्ण दिमाग भएका उनले यस भन्दा अगाडि पनि सोलर टर्च ,रेडियो तथा टिभी समेत बनाउदै आएको स्वर्णिमका बुबा काशिनाथ पौडेलले बताए ।

    उनी उमेरले कलिलै भए पनि उनको दिमागी तागतको साथी भाई समेत प्रसंसा गर्छन ।

    लालबन्दी- २ जुटपानीस्थित नवजीवन विद्याश्रम माविमा कक्षा ९ मा अध्यनरत स्वर्णिमको प्रतिभाबारे नेपालवालले पटक पटक प्रकाश पार्दै आइरहेको छ । उचीत अवसर प्राप्त गरे उनले राष्ट्रको लागि भविष्यमा ठुलो आविष्कार गर्न सक्ने विश्वास गर्न सकिन्छ ।

    भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् ।

    https://m.facebook.com/story.php?story_fbid=936951643163634&id=687051164820351

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...