News Portal

  • भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप

    काठमाडौ, २५ असोज
    ७११ पटक
    काठमाडौ, २५ असोज

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ ।

    प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो । “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उहाँले भन्नुभयो ।

    प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

    हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी २०७५ कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    गुनासो सुनुवाइबाट आएका र पुनःसर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको तथ्याङ्कअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । त्यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माणको क्रममा छन् ।

    पहिलो किस्ता लिएर पनि घर नबनाएका भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन निर्देशन दिइसकेको छ । अनुदान फिर्ता नगरे राज्यको सेवा सुविधाबाट समेत वञ्चित गरिने प्राधिकरणले जनाएको छ ।(रासस)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...