News Portal

  • हरिपुरको नीति तथा कार्यक्रम विरुद्ध स्थानीय पुगे अदालत  : कर्मचारीमाथि खनिय मेयर मन्सुर

    प्रेमनाथ पौडेल सर्लाही, २६ असोज
    ९५१ पटक
    सर्लाही, २६ असोज

    सर्लाहीको हरिपुर नगरपालिकाको नीति तथा कार्यक्रम विरुद्ध उच्च अदालत जनकपुरमा रिट निवेदन परेको छ ।

    नगरपालिकाले म्याद गुजारेर असोज १५ गते नगर सभा गरेकाले त्यसका बिरुद्ध स्थानीय रेशम खड्का र प्रेमहरी श्रेष्ठले उच्च अदालत जनकपुरमा संयुक्तरुपमा रिट निवेदन दर्ता गराएका हुुन् ।

    नगरसभाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम ल्याउदा स्थानीय सरकार संचालन एेन २०७४ को परिच्छेद १० को ७१ अनुसार नल्याएकोले त्यसको लागि कानुनी उपचार खोज्न अदालत जानु परेको खड्काले नेपालबाल संग बताए ।

    रिट निबेदन परे पछि जारी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश राजेश्वर तिवारीको ईजालसले हरिपुर नगरपालिकाको नाममा परमादेश जारी गरेको छ।

    जारि रिट निवेदनको सुनुवाइ कार्तिक २८ गते हुने भएको छ।

    नगरसभाले असारको १० गते भित्र नीति तथा कार्यक्रम ल्याउन नसक्दा यस वर्षको बजेट प्रभावित हुने र स्थानीय तहको कर संकलनमा समेत समस्या पर्ने देखिएको छ ।

    उता समयमा नै आफुले पटकपटक नगरपालिकाको नगरसभा गर्न खोज्दा कर्मचारीहरुले असहयोग गरेको कारण नगरसभा हुन नसकेको मेयर जमरुद्वीन मंसुरले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...