News Portal

  • अाफ्नै श्रीमतीलार्इ जवरजस्ती गरेपछि जेल चलान

    काठमाडौँ, २३ मंसिर
    ८१० पटक
    काठमाडौँ, २३ मंसिर

    नेपाली सेनाका एक जवान अाफ्नै श्रीमतीलार्इ जवरजस्ती करणी गरेकाे अाराेपमा जेल परेका छन् । ओखलढुंगा घर भएका ती युवकलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हाे ।

    ती सैनिक जवानलार्इ उनकै श्रीमतीले अाफूलार्इ जवरजस्ती बलात्कार गरेकाे भन्दै महानगरीय प्रहरीवृत सातदाेबाटाेमा उजुरी हालेकी थिइन । सातदाेवाटाे प्रहरीले सैनिक मुख्यालयसँग पत्राचार गरी उनलार्इ पक्राउ गरेकाे थियाे । अहिले पुर्पक्षका लागि जेल चलान भएका श्रीमतीमाथि जबरजस्ती करणी गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुने सक्ने कानुनी व्यवस्था छ।

    झापाको कनकाई नगरपालिका घर भएकी माया शर्मा (नाम परिवर्तन) र ओखलढुंगा घर भएका विक्रम शर्मा (नाम परिवर्तन) बीच तीन वर्षअघि फेसबुक मार्फत चिनजान भयो। उनीहरु दिनदिनै नजिकिँदै गए। माया पिरतीका गफहरु हुन थाले। एकअर्का बिना बाँच्नै नसक्ने निर्णयमा पुगे।

    वि.सं. २०७४ साल जेठ १ गते उनीहरुले भागीविवाह गरे। त्यसको तीन महिनापछि भक्तपुर जिल्ला अदालतबाट श्रीमान्–श्रीमतीको नाता कायम पनि गरे। नेपाल आर्मीका प्युठ रहेका विक्रम र मायाबीच सम्बन्ध राम्रैसँग अगाडि बढ्दै थियो। भक्तपुरमा उनीहरु डेरा गरी बस्थे।

    तर, मायाको माइतीमा खासै राम्रो सम्बन्ध थिएन। गत असारमा माइतीले बोलाएपछि माया श्रीमान् लिएर झापा पुगिन्। तर, झापाबाट फर्किएलगत्तै माया र विक्रमबीच विवाद सुरु हुन थाल्यो। विक्रमसँग बस्न नसक्ने निर्णयमा पुगिन् माया। र, ललितपुरको इमाडोलमा डेरा लिएर एक्लै बस्न थालिन्। गत असोज ७ गतेको कुरा, माया साँझ खाना खाएर कोठामा टिभी हेर्दै बसेकी थिइन, विक्रम त्यहाँ आइपुगे।

    आफैँ कोठाको चुकुल लगाएर उनले मायासँग यौनसम्पर्कको प्रयास गरे। तर, मायाले मानिनन्। आफूले खाने बस्ने र राम्रो माया गर्ने सुनिश्चित नभएसम्म यौनसम्पर्कका लागि आफू तयार नभएको मायाले अडान लिइन्। विक्रमले चाहिँ मायालाई तर्साउन थाले। बढी होहल्ला गरे मायाकै बेइज्जत हुने र आफूले सकुशल पनि नछाड्ने धम्की विक्रमको थियो। त्यसपछि विक्रम र मायाबीच यौन सम्पर्क भयो।

    तर, त्यो एकक्षणको रमाइलोले विक्रमलाई प्रहरी हिरासतको बाटो देखाइदियो। २६ वर्षीय विक्रममाथि आरोप छ, ‘आफ्नै श्रीमतीमाथी जबरजस्ती करणी।’ २० वर्षीय मायाले गत असोज १९ गते महानगरीय प्रहरी वृत सातदोबाटोमा उजुरी दिएकी थिइन्, प्रहरीले नेपाल आर्मीलाई पत्राचार गरी विक्रमलाई बुझाउन आग्रह गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...