News Portal

  • रोकियो तीन जोडी बालविवाह

    सोलुखुम्बु, २७ मङ्सिर
    २०१७ पटक
    सोलुखुम्बु, २७ मङ्सिर

    यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो ।

    अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोकेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । विवाह हुनबाट रोकिएका तीनै जना बालिकालाई स्थानीय जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रमुख शर्माले बताए ।

    बीस वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानूनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने/गराउने दुवै पक्षलाई रु ३० हजारसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । जिल्लाको अधिकांश क्षेत्रमा अझै पनि बालविवाह अत्यधिक हुने भएकाले यसको रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...