News Portal

  • सर्वोच्चका न्यायाधिस जबरालाई‘ह्याप्पी वर्थ डे’उपहार

    काठमाडौँ, २७ मंसिर
    ८०२ पटक
    काठमाडौँ, २७ मंसिर

    सर्वोच्च अदालतका न्यायाधिस चोलेन्द्र शमशेर जबराको आज जन्मदिन परेको छ । उनको जन्म २०१४ मंसिर २८ भएको थियो । ६१ वर्षे जन्मोत्सव उनको लागि फलिफाप बनेको छ । संवैधानिक परिषद्ले आजै प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ ।

    पाँच पटक स्थगित भएर विहिबार बसेको परिषद बैठकले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
    यसअघि परिषदले सिफारिस गरेको दीपकराज जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएपछि दोस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र सिफारिस भएका । मिश्रको सेवा अवधि पुस १७ मा सकिँदैछ । त्यतिबेला जबरा तेस्रो बरीयतामा परेका थिए ।

    चोलेन्द्र शमशेर जबरा राणा प्रधानमन्त्री वीरशमसेरका खलक हुन् । सर्वोच्चको इतिहासमा २७ वर्षपछि उनले पूर्ण कार्यकाल ४ बर्षको लागि सर्वोच्चको नेतृत्व सम्हाल्ने छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...