ललितपुर महानगरपालिका वडा नंम्वर तीनले फोहोर मैला न्युनिकरण सम्वन्धी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । आइतबार विहान सात बजे एक समारोह वीच संघीय संसदका साँसद पम्फा भुसालले उक्त कार्यको उदघाट्न गर्ने कार्यक्रम तय भएको छ ।
उक्त कार्यक्रमको वारेमा आज एक पत्रकार सम्मेलन गरि कार्यवाहक वडा अध्यक्ष गणेश कुमार रजकले जानकारी दिएका हुन ।
पहिलो चरणमा एक हजार घरघुरीलाई लक्षित गरि कार्ययोजना अघि वढाइएको र यो कार्यक्रम अल्पकालीन रुपमा दुई महिना सम्म संचालन हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
साथै कुहिने र नकुहिने फोहोरलाई वर्गिकरण गरी न्युनिकरण गर्ने योजनामा वडा कार्यालय रहेको र पहिलो चरणमा एक हजार घरधुरीमा जनचेतना जगाउने अभियान थालनी गर्ने र वडा कार्यालय अन्तर्गत प्लाष्टिक मुक्त वनाउने हेतुले कपडाको थैली समेत वितरण गरिने बताइएको छ ।
वडा कार्यालयमा कृयाशिल टोल सुधार समिति र क्लबहरु समावेश गरी पच्चीस सदस्यीय फोहोर व्यवस्थापन समिति गठन गरि कार्ययोजना वनाइएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो।