News Portal

  • समृद्धिका लागि प्रतिस्पर्धा गरौँ : उपराष्ट्रपति पुन

    इभक्तपुर संवाददाता
    ७७१ पटक

    भीमदत्तनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताएका छन् ।

    कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आज यहाँ आयोजित दुईदिने वेदकोट धार्मिक तथा पर्यटन मेलाको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधानभित्र रहेर प्रदेशहरुले विकास र समृद्धिका लागि समाजवादी प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

    “एक अर्कामा सहयोग सहकार्य र एकता कायम गर्दै जानुपर्छ” उनले भने, “स्थानीय तहहरुले पनि सरल, सहज सेवा प्रदान गर्दै सिंहदबार साँच्चिकै घर दैलोमा आएको अनुभूति दिन सक्नुपर्दछ ।”

    उनले सुदूरपश्चिम पर्यटन, जनस्रोत, जडीबुटीलगायत धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तहहरुले पर्यटन प्रवद्र्धन गरेर पर्यटक भित्र्याउन विभिन्न रचनात्मक प्रयासहरु जारी राखेकामा खुसी व्यक्त गए ।

    सो अवसरमा उनले वेदकोटमा निर्मित भ्यू टावर र मन्दिरसमेत उद्घाटन गरे ।

    “संस्कृतिले धनी भएको सुदूरपश्चिमको मौलिक संस्कार संस्कृति हो ।” उनले भने, “अपी हिमाल, खप्तड क्षेत्र, मानसरोवरको यात्रादेखि गोदावरी धाम, घोडाघोडी ताल, शुक्लाफाँटा, वेदकोट ताल, लिङ्गेश्वरधामलगायतले सुदूरपश्चिमलाई सुन्दर बनाएको छ ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...