News Portal

  • हनुमन्ते सरसफाई अभियानको संदेश देशभर सुनाउछु : प्रचण्ड

    संजीप शुभचिन्तक भक्तपुर, ४ फागुन
    १०७८ पटक
    भक्तपुर, ४ फागुन

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हनुमन्ते नदी अवलोकन गरेका छन । शनिवार हनुमन्ते नदी सरसफाई अभियानको ५१ औ हप्तामा आयोजित कार्यक्रममा उनले वाकाथुन गर्दै हनुमन्ते नदी सरसफाईको अवस्था अवलोकन गरेका हुन् ।

    २ किमीको वाकाथुन आफ्नो लागि म्याराथुन जस्तै भएको भन्दै ठट्यौली गरेका प्रचण्डले हनुमन्ते नदी सरसफाई अभियान वास्तवमा समग्र भक्तपुर सरसफाई अभियान भएको बताउदै अभियन्ताहरुको खुलेर प्रशंसा गरे । नदीको अलावा बाटोघाटो, मठमन्दिर, चोक र पुरातात्विक सम्पदाको सरसफाई र संरक्षणमा अभियानले उल्लेखनीय प्रगती गरेकोमा सन्तोष व्यक्त गर्दै उनले यस अभियानमा आफ्नो साथ्, सहयोग र एक्यबद्धता रहेको समेत प्रतिवद्धता प्रकट गरे ।

    ‘म एकछिनपछि बालुवाटार अनिपछि धादिङ जाँदैछु । एक ठाउँमा भएको विकासको सन्देश अर्को ठाउँमा पुर्‍याउन आवश्यक ठानेको छु । तपाईहरुको यो अभियानले पनि देशव्यापी सन्देश दिनुपर्छ ।’ उनले भने ।

    जनताले नयाँ उर्जा र उत्साह खोजेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले भक्तपुरका युवा नेता महेश बस्नेतको जागरको पनि खुलेर प्रसंसा गरे । ‘ हनुमन्ते करिडोरको काम पनि युद्धस्तरमा भैरहेको महेशजीले भन्नुभएको छ , यो अत्यन्तै खुशीको कुरा हो ।” उनले भने । विकास र समृद्धिको यात्रा नयाँ उर्जा र उत्साहबाट मात्र सम्भव भएको भन्दै उनले विकाश निर्माण र समृद्धिको यात्रामा राष्ट्रिय एकताको साथ् लाग्न आह्वान समेत गरे ।

    यस अघि भक्तपुरकै सल्लाघारीमा रहेको ट्राफिक आइल्याण्ड नजिकै उनले नेपाली झण्डाको झन्डोत्तलन समेत गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकासका लागि कसैको विरोध हुनु नहुने र सबैलाई समेटेर सरकारले समृद्धिको यात्राको नेतृत्व गर्नुपर्ने विचार राखेका थिए भने सांसद महेश बस्नेतले हनुमन्ते सरसफाई अभियानमा स्वस्फुर्त जनसहभागीताले यो अभियान सबैको साझा बनेको बताए ।

    सूर्यविनायक नगरपालिकाका मेयरको अध्यक्षतामा संचालित कार्यक्रममा सांसदहरु, दलका नेताहरु, विद्यार्थी, शिक्षक, खेलाडी, व्यवसायी लगायत सयौको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...