News Portal

  • काँग्रेस सभापति देउवाको प्रश्न-हेलिकप्टरबाट हेरेर हुन्छ ?

    काठमाडौं, ९ साउन
    ७७२ पटक
    काठमाडौं, ९ साउन

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय बाँधका कारण तराइमा डुबानको समस्या हुँदा पनि सरकार मौन रहेको भन्दै आलोचना गरेका छन् ।

    बाढी पहिरोले देशभर ठूलो जनधनको क्षते हुँदा सरकार हेरेर मात्र बसेको उनको आरोप छ । बुधबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले सरकारलाई सोधे, हेलिकप्टरबाट हेरेर मात्र हुन्छ ?” डुबान पीडितलाई राहत दिन केन्द्र सरकारमात्र होइन, स्थानीय सरकार समेत नपुगेको देउवाले दावी गरे । उनले तत्काल अत्यावस्यक सामाग्री उपलब्ध गराउन समेत माग गरे ।

    ’सरकारले भारतसँग कूटनीतिक पहल गरेर गौरलगायत मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने उनले बताएका हुन् । सभापति देउवाले तराईका बस्तीहरू वर्षेनी डुबानमा परेको भन्दै भारतसंग कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने बताए ।

    संसदको बैठकमा सम्बोधन गर्दै देउवाले भारतसँग कूटनीतिक पहल गरेर डुबानको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिंदै भने,” हामी एक भएर समस्याको समाधान खोज्न लाग्नुपर्छ ।”

    आफूले बिपतको दीर्घकालीन समाधानको लागि सरकारलाई सहयोग नै गर्ने भन्दै उनले यसलाई राजनीतिको रुपमा बुझ्न नहुने पनि जिकिर गरे । तराईमा बस्तीहरू डुबानमा परेको र पहाडमा पहिरोले जनधनको क्षति भए पनि सरकार गम्भीर नभएको देउवाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...