News Portal

  • कक्ष १२ को नतिजा प्रकाशित : हेर्नुस् नतिजा

    भक्तपुर, १३ साउन
    १३२३ पटक
    भक्तपुर, १३ साउन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

    गत वैशाख १६ मा शुरु भै बैशाख २८ मा सम्पन्न भएको परीक्षाको परीक्षाफल करिव ७५ दिनमै प्रकाशन गरिएको हो ।

    सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । त्यस्तै ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ ।

    २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा दिन थालेको हो । १.२१ देखि १.६० ग्रेड ल्याउनेको संख्या १९ हजार, ०. ८१ देखि १.२० ल्याउनेको संख्या ३ हजार ५ सय २४ र ०.०० देखि ०.८० ग्रेड ल्याउनेको संख्या १३ हजार ३ सय ६२ रहेको छ । बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।

    आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएको बोर्डले जनाएको छ ।

    परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।

    नतिजा हेर्न यहा क्लिक गर्नुस्

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...