News Portal

  • जनकपुरमा दुईवटा टाउको भएको बच्चाको जन्म

    जनकपुरधाम, १७ साउन
    २२४४ पटक
    जनकपुरधाम, १७ साउन

    जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् ।

    जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५ वर्षिय सविता वैधले उक्त अचम्मको शिशुलाई जन्म दिएकी हुन् ।

    सविताले गर्वभती भएको ६ महिनामै बिहिवार बेलुका साढे ५ बजे दुई टाउको भएको बच्चा जन्माएको अस्पतालले जानकारी गरेको हो ।

    ६ महिनाको गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि ४ बजे जनकपुरस्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा डा. रुबि सिंहले अप्रेसन गर्दा २ वटा टाउको भएको बच्चालाई सफल शल्यक्रिया गरि बाहिर निकालेको हस्पिटल प्रमुख रामबाबु यादवले जानकारी दिए ।

    सुत्केरी सविताको स्वास्थ्य अवस्था राम्रो रहेको भएपनि २ टाउको भएको कन्ज्वाइण्टेड टुन्स हेड वेवि जन्मिएको अस्पतालको भनाइ छ ।

    तर सो बच्चाको जन्मेको एक घण्टामा नै मृत्यु भएको छ । बच्चाको टाउको २ वटा भएपनि घाँटी भन्दा तलको भाग एउटै भएकाले बचाउन नसकिएको अपरेसनमा संलग्न डाक्टर रुबि सिंहले भनिन् ।

     

     तस्वीर : जनकपुर टुडे

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...