News Portal

  • माछा मार्ने जालमा आफै परेपछि गयो शिक्षकसहित २ को ज्यान

    ६४६ पटक

    स्याङ्जा, २८ साउन । स्याङ्जाको ज्याग्दीखोलामा माछा मार्न गएका २ जनाको जालमा परि ज्यान गएको छ । माछा मार्न गएका उनीहरुको जालमा परि डुबेर ज्यान गएको हो ।

    ज्यान जानेमा चापाकोट-५ का ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेरहेको प्रहरीले जनाएको छ । मृतक द्वय माछा मार्न खोलामा गएका तर जालमा बेरिएर दुबैको ज्यान गएको प्रहरीको भनाइ छ । बिरबहादुर आफैले माछा मार्न फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन गएका नीर बहादुर समेत सोही जालमा बेरिएर ज्यान गुमाएका हुन् ।

    मृतक निरबहादुर राना शिक्षक समेत हुन् । उनी स्थानीय राममन्दिर माविमा कार्यरत रहेका थिए । घटना सोमवार साँझको हो ।विद्यालयमा पढाएर साथीहरुसंग मिलेर माछा मार्न गएका उनको आफ्नै सोखले ज्यान गएपछि विद्यालयमा शोक बिदा दिइएको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...