News Portal

  • सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

    भक्तपुर, ३१ साउन
    १८०१ पटक
    भक्तपुर, ३१ साउन

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको पार्टी सचिवालय बैठकले लामो समयसम्म टुंगिन नसकेको विभागको जिम्मेवारी बाडफाड गर्न सफल भएपछि शिर्ष नेताहरुले सन्तोषको स्वास फेरेका छन ।

    स्कूल विभागको नेतृत्वको विषयलाई लिएर शिर्ष नेताहरु बाडिएपछि निर्णय हुन सकेको थिएन । नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल मध्ये कसलाई उक्त विभाग दिने भन्नेमा रस्साकस्सी भएपछि नेकपाका कार्यकर्तासम्म त्यसको तरंग आएको थिए ।

    अन्तत रक्षा मन्त्रीसमेत रहेका ईश्वर पोखरेल लाई स्कूल विभाग प्रमुख दिने सहमती भएपछि निस्कर्ष निस्किएको छ । उक्त विभागको उपप्रमुख  देवेन्द्र पौडेललाई दिइएको छ ।

    त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचार विभाग प्रमुखमा चित्त बुझाएका छन् । उक्त विभागको उपप्रमुख सूर्य थापालाई बनाइएको छ ।

    नेकपाले आफ्नो ३२ वटा केन्द्रीय विभागमध्ये १३ वटा विभागको प्रमुख मन्त्रीलाई बनाइदिएको छ । कतिपय नेताहरु आकांक्षी भएपनि जिम्मेवारी पाउन सकेनन ।

    भक्तपुरका सांसद रहेका नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतलाई पार्टीले विभागमा जिम्मेवारी दिएन । पार्टीको युवा तथा खेलकुद विभाग उपप्रमुख बस्नेतले पाउने चर्चा थियो । प्रमुखमा स्थायी समिति सदस्य मणी थापा र उपप्रमुखमा केन्द्रिय सदस्य बस्नेतको बजार हल्ला चलेको थियो ।

    श्रोतका अनुसार नेता थापा बस्नेतको गुन्डूस्थित निजी निवास पुगेर यो विषयमा सल्लाहसमेत गरेका थिए । प्रधानमन्त्री ओली निकट मानिने भक्तपुरका प्रभावशाली नेता बस्नेत युवा संघका पूर्व अध्यक्ष समेत भएकोले उनका शुभचिन्तकहरु समेत बस्नेतको लबिङ्गमा लागेका थिए । बस्नेत निकट श्रोतको भने उनले पदको लागि कुनै आकांक्षा नगरेको दावी छ ।

    नेकपाले युवा तथा खेलकुद विभागको प्रमुखमा टोपबहादुर रायमाझी र उपप्रमुखमा ठाकुर गैरेलाई चयन गरेको छ । नेता मणी थापा भने साहित्य विभाग प्रमुख बनाइएका छन् ।

    पूर्व प्रधानमन्त्री माधव नेपालको भागमा विदेश विभाग परेको छ । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल लाइ नीति अनुसन्धान प्रमुख बनाइएको छ । बैठकले प्रभावशाली नेता बामदेव गौतमलाई भने संगठन विभाग प्रमुख बनाएको छ । गौतमलाई पार्टीको उपाध्यक्ष गराउने समेत प्रस्ताव गरिएको छ । संगठन विभागको उपप्रमुखमा अर्का प्रभावशाली नेता जनार्दन शर्मा परेका छन् ।

    सच्याइएको : ३२ केन्द्रिय विभाग हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक

    बैठकले प्रत्येक प्रदेशमा २ जना रहने गरी सह इन्चार्जको जिम्मेवारी पनि नेताहरुलाई दिएको छ ।

    हेर्नुस् जिम्मेवारी सम्बन्धी पार्टीले गरेको निर्णय

    कुन विभागमा को प्रमुख-उपप्रमुख? (सूचीसहित)

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...