News Portal

  • स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता गर्दै प्रचण्डले भने-समाजबाद ल्याउन चुनौती छ

    काठमाडौं, ३२ साउन
    १२७३ पटक
    काठमाडौं, ३२ साउन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

    शनिवार राष्ट्रिय चिकित्सक संघ नेपालले राजधानीमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ”स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति देखिएको छ।” संबिधानमा समाजबाद उन्मुख लेखिएपनि स्वास्थ्य क्षेत्रमा त्यो लागू गर्न चुनौती भएको उनको बनाइ छ ।

    अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको नेतृत्वमा पूर्ण बहुमतको सरकार हुँदा पनि केही गर्न नसकिए अब यस्तो अवसर बारम्बार नआउने बताए । सरकारका कामलाई योजनामा व्यवस्थित र प्रभावकारी बनाएर पूरा गर्नु पर्नेमा उनले जोड दिए ।

    ”कम्युनिष्ट पार्टीका लागि यो बेला अवसर र चुनौति दुबै देखिएको छ, अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने छ ।” उनले भने ।

    फरक प्रसंगमा प्रचण्डले पार्टी एकताका लागि भनेर आफूले धेरै चित्त नबुझेका कुरामा पनि निर्णय लिनुपर्ने बाध्यतामा परेको गुनासो गरे ।

    कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा बताए भने सहभागी चिकित्सकहरुले सुरक्षित पेशा बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नभएको जिकिर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...