News Portal

  • गृहले चलायो उपत्यकाको सीडीओ : भक्तपुरमा भट्ट यथावत

    भक्तपुर, १२ भदौ
    ११८३ पटक
    भक्तपुर, १२ भदौ

    गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ ) गरी ३१ जनाको सरुवा गरेको छ। बिहीवार भएको सरुवामा भक्तपुरका भने कसैको सरुवा गरिएको छैन ।

    गृहले यस अघि १३ साउनमा २५ जनाको सरुवा गरेको थियो । भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टको सरुवा अर्को लटमा हुने गृह श्रोतले जनाएको छ ।

    काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य भने गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा सहसचिव जनकराज दाहाललाई ल्याइएको छ। उनी झापाका सीडीओ रहेको अवस्थामा काठमाडौंको जिम्मेवारी दिइएको हो।

    ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउंमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ ।

    गृहमा कार्यरत महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङमा मदन भुजेलको सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ।

    दीर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरिएको छ। नख्खु कारागारमा सुरेन्द्र पौडेलको सरुवा भएको छ।

    सुनसरीमा राजेश पौडेल, बारामा फडिन्द्रमणि पोखरेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुमपूर्व मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डे, पाल्पामा उमेश ढकालको सरुवा भएको छ।

    डा. कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको गृहले जनायो।

    हेर्नुस को कहाँ

    saruwa

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...