News Portal

  • गाईखुरे झरनाबाट खस्दा श्रेष्ठको ज्यान गयो

    लमजुङ, १३ भदौ
    ११४१ पटक
    लमजुङ, १३ भदौ

    लमजुङको बेँसीशहर नगरपालिका–१ स्थित गाईखुरे झरनाबाट खसेर एक नेपाली सैनिकको मृत्यु भएको छ। श्रीजङ् गणमा कार्यरत नेपाली सेनाका लेसनायक ३१ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

    मृतक श्रेष्ठ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१० स्थायी घर भै नोकरीको सिलसिलामा श्रीजङ् गणमा कार्यरत थिए ।

    सरसफाइ गर्ने क्रममा झरनाबाट खसेर घाइते भएका श्रेष्ठको शुक्रवार ज्यान गएको हो । बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरी निरीक्षक वसन्त रानामगरले बताए ।

    केही दिन अघि आयोजना गरिएको प्रथम क्यानोनिङ महोत्सवका कारण थुप्रिएको फोहोरमैला सफा गर्न नेपाली सेनाको टोली गाईखुरेमा खटाइएको थियो । सरसफाइको क्रममा श्रेष्ठ चिप्लिएर लडेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...