News Portal

  • गृह मन्त्रालयले पनि माग्यो सबै स्थानीय तहमा करारका कर्मचारी : यसरी दिनुस् आवेदन

    भक्तपुर, १७ भदौ
    १९०५ पटक
    भक्तपुर, १७ भदौ

    प्रदेश नम्बर ३ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता करारमा नियुक्ति गरेसंगै संघीय सरकारको गृहमन्त्रालयले पनि करारमा कर्मचारी भर्ना गर्ने भएको छ ।

    गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने भएको हो ।

    विभागद्वारा मंगलवार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करारमा कर्मचारी भर्ना गर्न आवेदन माग गरिएको छ । ७ सय ५३ स्थानीय तह तथा जिप्रकासमेतमा गरी १९ सय ८९ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।

    कम्प्युटरमा व्यक्तिगत घटना दर्ता गर्ने एम आइ एस अपरेटर (सुब्बा सरह) ९ सय ९४ जना र फिल्ड सहायक (खरिदार सरह )
    ९ सय ९५ जना गरी १९ सय ८९ जना पदपूर्तीका लागि दरखास्त आव्हान गरिएको हो ।

    १५ दिनको सिमयसीमा तोकिएको दरखास्त आह्वानको विज्ञापनको दरखास्त दिने अन्तिम मिति भदौ मसान्त सम्म तोकिएको छ । ४० वर्ष सम्म उमेरका इच्छुक व्यक्तिहरुले अनलाइन मार्फत आवेदन भर्न सक्ने सूचनामा जनाइएको छ ।

    जनशक्ति छनौट सम्बन्धी मापदण्ड अनुरुप करार सेवामा कर्मचारी छनौट गरिने गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले भक्तपुर पोस्टलाई बताए ।

    आवेदन भर्न यहाँ क्लिक गर्नुस्

    हेर्नुस् सूचना

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...