News Portal

  • शिक्षाका सह-सचिवहरुको ब्यापक सरुवा

    संजीप शुभचिन्तक भक्तपुर, ७ असोज
    १६४३ पटक
    भक्तपुर, ७ असोज

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको ब्यापक सरुवा गरेको छ । मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीका धेरै सह-सचिवहरुलाई एकसाथ सरुवा गरिदिएको हो ।

    मन्त्रालय श्रोतका अनुसार शिक्षा मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको योजना महाशाखा प्रमुखको रुपमा रहेका बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ भने उनको ठाउँमा अस्ट्रेलियाबाट भर्खरै अध्ययन बिदा सकाएर फर्केका सह-सचिव कमल पोखरेललाई लगिएको छ ।
    कर्मचारी संगठनले मन पराएका अर्याललाई मन्त्रालयबाट सरुवा गर्न मन्त्री गिरिराजमणि पोखरेलले बिशेष चासो राख्दै आएका कर्मचारी वृत्तमा चर्चा थियो । पोखरेलका पूर्व निजी सचिव समेत रहेका मन्त्रालयका लेखा प्रमुख इन्द्रमणि पोखरेल र सह-सचिव अर्यालबीच आपसी सम्बन्ध तिक्ततापूर्ण भएपछि मन्त्री पोखरेलले अर्याललाई मन्त्रालयबाट सरुवा गर्न गृहकार्य गर्दै आएका थिए । अर्यालको ठाउँमा आएका सहसचिव पोखरेल तत्कालिन शिक्षा विभागको योजना महाशाखा प्रमुख भएको बेलामै अध्ययनका लागि अष्ट्रेलिया गएका थिए । उनी सिनियर सह-सचिव हुन् ।

    सिएलपीआइयुमा रहेका सह- सचिव इमनारायण श्रेष्ठ मन्त्रालय तानिएका छन् भने उनको ठाउँमा शिक्षा तथा मानव श्रोत विकाश केन्द्रबाट चुडामणि पौडेललाई पुर्याइएको छ । पौडेललाई केन्द्रमा महानिर्देशक बनाउने कसरत भएको भएता पनि महानिर्देशक बाबुराम पौडेललाई मन्त्रालयले सरुवा गर्ने आँट गर्न नसकेपछि चुडामणि पौडेललाई उनले रोजेको ठाउँ दिइएको हो । चुडामणि पौडेल मन्त्रीले मन पराएका सह सचिव मानिन्छन भने बाबुराम पौडेल सह-सचिव मध्ये वरियतामा सवैभन्दा जेष्ठ हुन् ।

    त्यसैगरी मन्त्रालयले इभेन्ट परियोजना प्रमुखको रुपमा रहेका केशव दाहाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र( इआरओ) मा सरुवा गरिदिएको छ । इआरओबाट सह-सचिव टेक नारायण पाण्डे प्रदेश नम्बर ५ को मूख्य सचिव नियुक्त भै गएपछि उक्त ठाउँ खाली रहेको थियो ।

    बैकुण्ठ अर्याललाई सरुवा गरी पुर्याइएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलिया लाई शिक्षा तथा मानव श्रोत विकाश केन्द्रमा चुडामणी पौडेलको ठाउँमा सरुवा गरीएको श्रोतले जानकारी गराएको छ ।

    मन्त्रालयका प्रभावशाली सह-सचिव हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा लगिएको छ भने त्यहाँ रहेका चन्द्रकान्त भुसाललाई इभेन्ट परियोजनामा कामु प्रमुख दिइएको छ । भुसाल उप-सचिव हुन् ।

    मन्त्रीको निकट मानिने कृष्ण काप्री सरुवा हुन चाहेको भएता पनि उनको सरुवा गरिएको छैन भने पाठ्यक्रम विकाश केन्द्रको महानिर्देशक बनाइने आस्वाशन पाएका रामशरण सापकोटालाई पनि चलाइएको छैन ।

    पाठ्यक्रम विकाश केन्द्रका महानिर्देशक लेखनाथ पौडेललाई सरुवा गर्ने विषयमा मन्त्रीको सचिवालयमै मत बाझिएपछि उनको सरुवा नभएको श्रोतको दावी छ । पाठ्यक्रमका महानिर्देशक पौडेल र तत्कालिन नेकपा माओबादी केन्द्र निकट कर्मचारी संगठनको सम्बन्ध राम्रो नभएकोले संगठनलाई पेल्ने नियतले पौडेलको सरुवा रोकिएको हुनसक्ने अनुमान गरिएको छ । संगठनले पौडेलको कामकारवाहीको विषयमा प्रश्न खादा गर्दै मन्त्रालयमा ध्यानाकर्षण पत्र नै बुझाएको थियो । संगठन पौडेलको सरुवा गर्न र अर्यालको सरुवा रोक्न पहल गरेको भएपनि त्यसको उल्टो परिणाम आएपछि मन्त्री गिरिराजमणि पोखरेल आफ्नै पार्टी निकट कर्मचारीप्रति सकारात्मक देखिएका छैनन् । मन्त्री निकट श्रोतले भने पौडेलले केहि समय मागेकाले उनको सरुवा नगरेको जनाएको छ ।

    मन्त्रालयले बिष्णु अधिकारीलाई यथावस्थामा राखेको छ भने परीक्षा नियन्त्रण कार्यालयमा पनि चलेको छैन ।

    मन्त्रीको सचिवालयले सह- सचिव सरुवाको धेरै लामो समयदेखि प्रयास गरेको भएता पनि सकेको थिएन । सचिवालय नै एकमत हुन नसक्दा सह-सचिव सरुवा मन्त्रीको लागि महाभारत बनेको थियो ।
    सोमवार मन्त्रालयले सह-सचिवहरुको ब्यापक सरुवा गरेको भए पनि सार्वजनिक भने गरेको छैन ।
    एक-दुई असन्तुष्टीको नाडी छामेर मात्र सरुवा लिस्ट सार्वजनिक गर्ने मन्त्रालयको तयारी रहेको श्रोतको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...