News Portal

  • पत्रकारलाई दशैँ पेश्की देउ : महासङ्घ

    काठमाडौं, १५ असाेज
    ९३८ पटक
    काठमाडौं, १५ असाेज

    नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ ।

    ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको सो शाखाका अध्यक्ष शान्तराम बिडारीले विज्ञप्ति जारी गरी बढ्दो महङ्गीलाई ध्यान दिई स्वरोजगारमुखी तथा साना लगानीमा सञ्चालित मिडियाबाहेकका पत्रकारलाई न्यूनतम पारिश्रमिक मासिकरुपमा कम्तीमा पनि रु ३० हजार हुनुपर्ने स्मरण गराए ।

    नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा लागू गरे/नगरेको अनुगमन गरिरहेको छ । “पत्रकारहरुलाई राज्यले तोकेको व्यवस्था अनुरुपको सेवासुविधा तत्काल दिन माग गर्दछ,। अन्यथा यसको हिसाब किताब गरी आगामी दिनमा कडा सङ्घर्षमा उत्रन बाध्य हुनेसमेत चेतावनी दिन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि केन्द्रसँग समेत हातेमालो गरेर तालाबन्दीलगायतका जुनसुकै प्रकारका आन्दोलन गर्न बाध्य हुने अवगत गराउँछौँ ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...