News Portal

  • ‘विप्लव’ लाई ठूलो धक्का : दाजु वीरजंगसहित राप्ती ब्युरोका २१ नेता एकसाथ पक्राउ

    भक्तपुर, ३० असाेज
    ८२४ पटक
    भक्तपुर, ३० असाेज

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ता एकसाथ पक्राउ परेका छन् । दाङको राजापुरबाट उनीहरु एकसाथ पक्राउ परेका हुन् ।

    गएराती मुंग्रेटा खोलामा बैठक बसिरहेका अवस्थामा प्रहरीले घेरा हाली करीब १ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन शेर्पालीसहित २१ जना रहेको श्रोतले बताएको छ ।

    उक्त भूमिगत पार्टीका राप्ती ब्यूरोको नेताकार्यकर्ता पक्राउ परेका प्रहरीले पुष्टि गरेपनि नाम सार्वजनिक गरेको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ ल्याइदै गरेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...