News Portal

  • राजधानी र नाम छिटो टुङ्ग्याउन अध्यक्ष दाहालको आग्रह

    भक्तपुर, १० मङ्सिर
    ८७० पटक
    भक्तपुर, १० मङ्सिर

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् ।

    अध्यक्ष दाहालले अब धेरै समय यस विषयमा अड्केर बस्ने नहुने कुरालाई उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

    वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसर जुरेको र नयाँ संरचाना बनाउने क्रममा आएका जटिलताका विषयहरु चुनौतीपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ छ ।

    उनले कतिपय कानुन बनिसकेको र कतिपय बन्न बाँकी रहेको बताए। अब विकास निर्माणले छलाङ मार्ने बताउँदै अन्तर्राष्ट्रिय एजेन्सीले नेपालमा भई रहेको विकासको गति सन्तोषजनक रहेको समेत बताएका छन् ।

    उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उहाँले अब पार्टी र सङ्गठनमा अली बढी जोडबल दिने निर्णय गरेका थिए । उनको निर्णयानुसार उपनिर्वाचनको स्थानमा पुग्दा त्यहाँका जनता चुनाव र पार्टीप्रति सकारात्मक रहेकाले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...